'देश र म' Poem by Aayush Pandey

'देश र म'

जब विहानीको किरण,
मेरो देशको माटोमा पर्छ,
उठछन् टाकुराहरु, उठछन् पशुपंक्षीबरु,
तर,
उठदैन यो देश, उठदैनन् यहाँका जनता,
उठदिन म।

मेरो टाउकोमा यति छ,
यदि उठेको भए देश,
म काठमाण्डौं पढ्न आउनु पर्ने थिएन,
मेरो बुवा विदेश जानु पर्ने थिएन,
मैले कुनै दिन राहदानी बनाउनु पर्ने थिएन,
गाउँ गाउँ हुने थिएन,
यो शहर मात्र सवैको रहर हुने थिएन।
हो, मैलै यो देशलाइ केहि दिइन,
तर यो देशले म जस्तो युवालाइ के दियो र?
त्यसैलै म भन्छु,
'जब बन्छ देश, तब बन्छु म,
जब बन्छु म, तब बन्छ देश।'

म त चटक हेर्न मै मस्त छु,
त्यसैले त न अस्त छु,
हेर त!
म त यत्रतत्र छु।
म त अस्तिको धाक लगाउछु,
वर्तमानको मलाइ मतलव छैन।
म त अझै,
कालो नेपथ्यको पछाडि,
उज्यालो कार्यक्रमको आश गर्छु।

म, देशको आगो, चिसो छु,
हिजोका वरफ तातीरहेछन।
यो आगो चिसिएर,
खरानी बन्ने कसैलाइ डर छैन,
मतलव छैन।
तर, हामी वरफ तताउनै व्यस्त छौ,
स्रोत वगाउनै व्यस्त छौ।

म त माथि फर्कि थुक्छु,
दोष त नियुटन कै हो।
ओए देश!
दुइ चार वर्षको त कुरो हो,
हाम्लाई त विदेशले डाँकि रहेछ,
पि आर ले डाँकि रहेछ।

Wednesday, August 20, 2014
Topic(s) of this poem: patriotism
READ THIS POEM IN OTHER LANGUAGES
Aayush Pandey

Aayush Pandey

Tamsariya-7, Nawalparasi, Nepal
Close
Error Success