त्यो स्वरुप अनुरागको Poem by Basanta Lohani

त्यो स्वरुप अनुरागको

फेरि सम्झे तिमीलाई
भर्खरै मात्र
आज जति संझेको छु
अनि लाग्छ
यो हिजोको भन्दा धेरै फरक छ
आर्कै अनुराग छ यस्मा
माथिल्लो तहमा उठ्दै आएको
कुण्डलिनीमा जस्तो
त्यसैले यो बेग्लै छ
हिजोको जस्तो मिश्रण होइन यो अनुरागमा
म तिमीलाई आर्कै देखिरहेको छु
हिजोको त्यो केन्द्रिमूत भएको मिश्रणमा
आर्कै खुशीको सम्मिलन छ अहिले
घनिमूत भएका ती सतहहरुको
विभिन्न पत्रै पत्रहरु पार गरेर
केही अगाडि बढे जस्तो लाग्छ
त्यसैले तिमीलाई अहिले सम्झदा
मेरो एक्लोपना भित्र
अनुरागको आर्को स्वरुपको सम्मिलन भएको छ
जति समेट्न खोज्छु त्यो स्वरुप
त्यति फराकिलो हुन पुगेको छु म

मंसीर १, २०५८

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success