आगो लागेको त्यो बस्तीमा
कोलाहल बोकेको त्यो सन्नाटा
लाटो मान्छेको अव्यक्त अभिव्यक्ति बनेर
सागरको छाल जस्तो
किनारामा ठक्कर खाँदाखाँदा
अभ्यस्त बनेको मन
केही खोजिरहेको हुन्छ
एउटा चाहत
जुन हुरी बनेर
भागिसकेको छ
त्यसलाई पछ्याउँदा पछ्याउँदै
कहिले नथाकेको मन
आफ्नै तनलाई नचिन्ने भइसकेको छ
त्यसैले त म भन्ने गर्दछु -
बतास सकिएपछिको शान्ति
एउटा मुर्दा शान्ति हो
जीवनको।
त्यस्तो शान्ति भन्दा
वताससँग चिप्लेटी खेलेर बाँचेको जीवन
जिउँदो हुन्छ
५/१२/२००२
This poem has not been translated into any other language yet.
I would like to translate this poem