आश, लागिरहन्छ भेटने तिमीलाई Poem by Season Sapkota

आश, लागिरहन्छ भेटने तिमीलाई

Rating: 5.0

आश, लागिरहन्छ भेटने तिमीलाई
तिमीलाई, लाग्दो हो के छ र - खास?
खास, तिम्रै छायाँ अनुरुपछ तिम्रो - विचार
विचार, गर्दै राख्छु एउटा सानो - प्रस्ताव
प्रस्ताव, भलाकुसारी गर्ने - क्षणभर
क्षणभर, छैनमलाई भनेथ्यौ - फुर्सद
फुर्सद, मेरो पनिथियो केवल - मुठ्ठीभर
मुठ्ठीभर, लिएर जब आएथ्यौ-समाचार
समाचार, भित्र मिसाएरआशातीत - सुवास
सुवास, थियो तिम्रो प्रगति - सम्भावनाको
सम्भावनाकोे, थियो त्यो एक गोधुलि- साँझ
साँझ, तर झमक्कै विलायो बाटैमा - मेरोसाथ
मेरोसाथ, छोडेर गयथ्यौ जब छ भनि- हतार
हतार, तरमलाई रत्तीभरपनि- छैन
छैन, तृष्णा आजै तिम्रो भेट्टाउन- अस्तित्व
अस्तित्व, तिम्रो र मेरो गर्दै होला- विश्राम
विश्राम, कुनै अवचेतगर्तमा- सङ्गै
सङ्गैै, भएरनै त्यो सम्भव फेरी यो - भेटघाट
भेटघाट, फेरीअतृप्त नै किन- लाग्छ?
लाग्छ, पुरा भएकै छैनहाम्रा - गफगाफ
गफगाफ, गरेरै मेटिने दुबैको- प्यास
प्यास, मर्ने अनिब्युतिने - अनयास
अनयास, लाग्छ तिमीमा छ केहि -खास
खास, त्यसकै छ मलाइ- तलास ।

आश, लागिरहन्छ भेटने तिमीलाई
Wednesday, May 3, 2017
Topic(s) of this poem: hope,missing you
POET'S NOTES ABOUT THE POEM
I always wonder why I want to meet you again and again...
COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success