प्रदूषण Poem by Basanta Lohani

प्रदूषण

जब प्रदूषण बढ्छ
उकुसमुकुस हुन्छ
श्वास फर्न गाह्रो पर्छ
तब देख्छु
पुतली समात्ने हातहरुले बन्दुक समातेको
तब देख्छु
पग्लेको हिउको रङ रातो हुँदै गएको
अनि लाग्छ
मृत्यु कति सस्तो भएको छ यहा

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success